अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ ३२ साउन । अफगानिस्तानमा नेपाली नागरिक उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेको बताएका छन् । उनले नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन समेत निर्देशन दिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छु ।’देउवाले अफगानिस्तानमा रहेका नेपालीको सजगता र गम्भीरतापूर्वक सरकारले जिम्मेवारी निभाउने स्पष्ट पारेका छन् । सरकारले दायित्वबोध गरी काम बढाइसकेको समेत बताए ।