image
image

संक्रमित संख्या घटेपनि घटेन मृत्यु हुनेको संख्या, यस्तो छ पछिल्लो विवरण

काठमाडौँ ३१ साउन । पछिल्लो २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् । 
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो । 

यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ । 


हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।