image
image

तालिवान लडाकु काबुल छिरे, अफगानिस्तान कब्जा गर्दै

काठमाडौँ ३१ साउन । तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरेका छन् । काबुललाई चारैतिरबाट घेरेपछि उनीहरु काबुल छिरेका हुन् ।अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले तालिवान लडाकु काबुल छिरेको पुष्टि गरेको अलजजिराले जनाएको छ । यसअघि उनीहरु रणनीतिक महत्वको शहर जलालावाद छिरेका थिए ।

तालिवानको दोहास्थित नेताले अफगानी सरकारी सेनालाई आत्मसमर्पण गर्न वा सुरक्षित तरिकाले काबुल छाड्न भनेका थिए । अफगानी राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारले तालिवानको प्रतिरोध गरेको या नगरेको केही खुलाइएको छैन ।


बितेको ८ हप्तामा तालिवानले एक्कासी प्रभाव बढाउँदै लगेको थियो । एकपछि अर्को प्रमुख शहरहरुमा नियन्त्रण कायम गरेको थियो । मजारे सरिफ, कान्दाहार, हेरत जस्ता मुख्य शहरमा नियन्त्रण कायम गरेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।