अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने
काठमाडौँ ३१ साउन । अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएकाले अमेरिकी दूतावासमा सुरक्षा दिइरहेका झन्डै तीन सय नेपालीलाई फर्काउन लागेको हो ।
अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले त्यहाँको पछिल्लो अवस्था बिग्रिएको बताउदै फर्कन तयार भएर बस्न भनिएको बताएका छन् । अमेरिकाले दुई दशकपछि सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ ।यद्यपी फिर्ता हुने दिन भने तोकिएको छैन ।
अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई फर्काउने तयारी गरे पनि अन्य विदेशी दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरतलाई नेपाल फर्काउने विषयमा शनिबार बेलुकीसम्म कुनै समाचार बाहिर आएको छैन ।