उपत्यकामा पनि घट्यो संक्रमण पुष्टि दर
काठमाडौँ ३० साउन । काठमाडौँ उपत्यकामा थप ७९५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यकामा थप ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौँ जिल्लामा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौँ उपत्यकामा अहिले ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौँमा ८ हजार ५७९, ललितपुरमा १ हजार ९१८ र भक्तपुरमा १ हजार ३९१ जना सक्रिय संक्रमित छन्।
काठमाडौँ उपत्यकामा अहिले ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौँमा ८ हजार ५७९, ललितपुरमा १ हजार ९१८ र भक्तपुरमा १ हजार ३९१ जना सक्रिय संक्रमित छन्।