image
image

वडा कार्यालय भवन शिलान्यास

काठमाडौँ  ३० साउन । काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गरे ।

प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोहीअनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षमा पाँच वडा कार्यालय भवन निर्माण गर्ने बताए । उपप्रमुख खड्गीले नयाँ भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बताए ।

कूल ३२ वडा रहेको महानगरपालिकामा पुराना १२ भवनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको, सात भवन निर्माण भई सञ्चालनमा आइसकेका, आठ भवन निर्माण हुने क्रममा रहेका महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।


वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले चमती जग्गा एकीकरण आयोजनाबाट रु आठ करोड ५० लाखमा २१ आना जग्गा खरिद गरी भवन निर्माण सुरु गरिएको बताए । महानगरपालिकाकै सबैभन्दा ठूलो वडा नं १६ मा ४५ हजार घरधुरी रहेका छन् भने एक लाख ३५ हजारभन्दा धेरै जनसङ्ख्या छ ।

गौरी पार्वती, के एण्ड के र रमिता जेभीले निर्माण गर्न लागेको उक्त भवन साढे छतले हुनेछ । उक्त भवन विसं २०७९ फागुन १५ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।