image
image

आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

काठमाडौँ २९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक कामबाहेक प्रवेश नगर्न अनुरोध गरिएको छ।नागरिक उड्डयन प्राधिकरणले आफन्तलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न रोक लगाएको छ। कोरोना भाइरसको महामारी बढ्नेक्रममा रहेकाले यात्रुबाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले भिडभाड कम गर्ने उदेश्यले बिदाइ तथा स्वागतका लागि विमानस्थलमा प्रवेश गर्न निरुत्साहित गरेको जनाएको छ।

यस्तै विमानस्थलमा प्रवेश गर्नेले अनिवार्य रुपमा मास्क लगाउने, शरीरको तापक्रम नापेर मात्रै टर्मिनल भवनमा प्रवेश, सेनीटाइजर अनिवार्य प्रयोग गर्न र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।