image
image

विज्ञापन नियमन गर्ने ऐनबारे कारण देखाउ आदेश

काठमाडौँ २९ साउन । सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृती लिनुपर्ने ऐनबारे सर्वोच्च अदालतले ‘कारण देखाउ’ आदेश गरेको छ । विज्ञापनमा लगाइएको सेन्सरसिप हटाउन माग गर्दै परेको रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले सरकारलाई १५ दिनभित्र लिखित कारण बुझाउन आदेश गरेको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सो मुद्दाको सुनुवाई गरेका हुन् ।


विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार सरकारले विज्ञापन बोर्ड गठन गरेर काम शुरु गरेको छ । सो निर्णयविरुद्ध अधिवक्ता अनन्तराज लुईँटेल समेतले ऐनका केही प्रावधान खारेजीको माग गर्दै ०७६ पुस १९ मा रिट दायर गरेका थिए । विज्ञापन नियमन ऐनले सेन्सर बोर्डलाई ढेड वर्षसम्म कैद गर्नसक्ने अधिकार दिएको छ । रिटमा त्यस्ता केही प्रावधान खारेजीको माग गरिएको थियो ।


मुद्दामा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, अमिता गौतम पौडेल र विशालकुमार उपाध्याय लगायतले बहस गरेका थिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।