image
image

बढ्यो संक्रमित संख्या, यति धेरै भेटिए आज

काठमाडौँ  २९ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । आज २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ७९ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १८ हजार ५ सय ८२ जनाको परीक्षण गर्दा २७ सय ६३ जना पिसीआर र ११ सय ५२ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि  भएको हो ।

 नेपालमा आज कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।