जेष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ २९ साउन । सर्वोच्च अदालतले ‘जेष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ बिरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रवार सो आदेश गरेका हुन् ।
प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए ।खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश गरेको छ ।