image
image

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार तालिवानको नियन्त्रणमा

काठमाडौँ २९ साउन । अफगानिस्तान अबको केही दिनमै तालिवानको नियन्त्रणमा जाने सम्भावना बढेको छ । तालिवानले एकपछि अर्को शहरहरुमा नियन्त्रण बनाउँदै जाने क्रममा कान्दाहारमा कब्जा जमाएको छ ।

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा शुक्रबार तालिवानले नियन्त्रण जमाएको पुष्टि भएको छ । तालिवानले विज्ञप्तिमार्फत् शुक्रबार नियन्त्रणबारे उल्लेख गरेको हो । उनीहरु अब राजधानी काबुलतर्फ द्रुत गतिमा बढेका छन् ।कान्दाहार अफगानिस्तानको दक्षिणी शहर हो । यसको रणनीतिक महत्व छ ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका सरकारी सेनामध्ये अधिकांशले आत्मसमर्पण गरेका छन् । केही भागेका छन् । कान्दाहारको अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय सैनिक विमान पर्खिएर बसेका छन् ।

तालिवानले ३४ मध्ये १३ प्रान्तीय राजधानी कब्जा जमाइसकेका छन् । अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भएलगत्तै तालिवानले नियन्त्रण बढाइरहेको छ ।अफगानिस्तानमा तालिवानको नियन्त्रण कायम हुन थालेपछि विदेशी मुलुकका नागरिकलाई उक्त देश छाड्न सम्बन्धित देशहरुले जोड दिन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।