image
image

रक्सोल–काठमाडौं रेलमार्गको अध्ययन हुँदै

काठमाडौँ - सरकारले रक्सोल–काठमाडौं रेलमार्गको अध्ययन सुरु गरेको छ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकेशन सर्भे गर्न लागेको हो । यसका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत अघि बढेको छ ।


सम्झौताका लागि पूर्व तयारी भइसकेको गरिसकेको रेल विभागका महानिर्देशक दीपक भट्टराईले जानकारी दिए । उनले भने, “भारत सरकारकै लागतमा फाइनल लोकेशन सर्भे गर्न लागिएको हो । भारतीय रेल्वे कम्पनीको एउटा गाइडलाइन रहेको छ, त्यसको आधारमा सर्भ गर्न लागिएको हो ।”


सरकारले पूर्णता प्राप्त नगरेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि मन्त्रीविहीन भएकाले गर्दा कहिले कुन मितिमा सम्झौता हुन भन्ने मिति तय नभएको जनाइएको छ । राजनीतिक तहको प्रकृया पूरा गर्नुपर्ने भएकाले गर्दा पनि मन्त्री नियुतm नभै मिति तय नहुने सम्भावना रहेको छ ।

दुई पक्षबीच भएको सम्झौताको मितिले भारतीय पक्षले १८ महिनाभित्रमा १ सय ३५ किलोमिटर लामो परियोजनाको प्रतिवेदन बुझाउने छ ।
परियोजनाको भौगोलिक अध्ययन पूरा गरेपछिमात्र के कसरी परियोजनाको निर्माण कार्य अगाडि बढ्ने बारेमा टुंगो लाग्ने बताइएको छ ।
-कारोबार दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।