पहिराले विद्यालय भवन जोखिममा
काठमाडौँ २८ साउन । केदारस्युँ गाउँपालिका-६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ।अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले भवन पनि जोखिममा परेको हो।साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्रांगण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताए।उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’
कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताए।
उनले भने, ‘अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ। विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छौं, भेट्टाएका छैनौं, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौं।’