पाकिस्तानद्वारा नेपाललाई स्वास्थ सामाग्री प्रदान
काठमाडौँ २८ साउन । पाकिस्तानले नेपाललाई बिहीबार स्वास्थ सामाग्री प्रदान गरेको छ ।पाकिस्तानले १ करोड ९० लाख रुपैयाँ बराबरका ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको हो ।
यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी सबै उपकरण पाकिस्तानमै तयार भएका हुन् ।
यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।