image
image

तरल अक्सिजन उद्योगलाई विभिन्न सहुलियत

काठमाडौँ २७ साउन । सरकारले तरल अक्सिजन उद्योगलाई विभिन्न सहुलियत दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगलाई दिइने सहुलियत कार्यन्वयनमा ल्याएको हो ।



अब तरल अक्सिजन उत्पादन गर्ने उद्योगलाई एक प्रतिशत ब्याजको विशेष पुनर्कर्जा, पाँच वर्षसम्म विद्युत डिमाण्ड शुल्कमा छुट तथा उद्योगको पूर्वाधारमा विकासमा ७५ प्रतिशत अनुदान पाउने भएका छन् ।

त्यस्तै अक्सिजन उद्योगका लागि निर्माण हुने सडक, खानेपानी, ढल र विद्युतीय पूर्वाधारको ७५ प्रतिशत खर्च सरकारले बताईएको छ । उद्योग स्थापना भएको तीन वर्षसम्म आवश्यक मेसिनरी उपकरण आयातमा लाग्ने भन्सार, अन्तःशुल्क र भ्याट छुट यस्ता उद्योगले छुट पाउने उल्लेख छ ।


 साथै विद्युत  महसुलमा पनि अक्सिजन उद्योगलाई छुटको घोषणा गरिएको छ । पाँच वर्षसम्म २ मेगावाटसम्म प्रयोग गरे बिजुली महसुलमा ४० प्रतिशत र २ मेगावाटभन्दा बढी खपत गरे ५० प्रतिशत महसुल छुट गराइने भएको हो ।     
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।