image
image

साउन महिनामा वाणिज्य बैंकको निक्षेप घट्यो

काठमाडौँ  २६ साउन । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । यो चालु आवमा निक्षेप ६१ अर्ब रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप साउन २२ गतेसम्म ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ ।


साउन महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब ५८ अर्ब रुपैयाँ, दोस्रो सातामा ४१ खर्ब ५३ अर्ब र तेस्रो सातामा ४१ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको हो ।

कर्जा लगानीमा भने साउन महिनाको तेस्रो सातासम्म वाणिज्य बैंकहरुको सामान्य सुधार भएको जनाइएको छ । ३७ खर्ब ३२ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको कुल कर्जा रहेको छ ।


गत आर्थिक वर्षको अन्तिम असार महिनामा कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो भने यो तीन साताको अवधिमा वाणिज्य बैंकहरुले कुल कर्जा लगानी ११ अर्ब रुपैयाँले बढी गर्न सफल भएका हुन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।