अब उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने
काठमाडौँ २६ साउन । काठमाडौँ उपत्यकामा राति ८ बजेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ । मंगलबार उपत्यकाका तीन जिल्लाका सीडिओहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
सार्वजनिक तथा निजी सवारीसाधनहरू रात्रिकालीन समयमा सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । त्यसैगरी, कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ ।