अब खोप लगाएका नेपाली श्रमिक युएई जान पाउने
काठमाडौँ १९ साउन । अब दुई डोज कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु यूएई जान पाउने भएका छन्। यूएईको रेसिडेन्ट (आवासीय) भिसा भएका र कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु आउँदो अगष्ट ५ देखि यूएई आउन सक्ने राष्ट्रिय आपतकालीन संकट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए)ले जनाएको छ ।
यूएई जान चाहने श्रमिकले दोस्रो खोप लगाएको १४ दिन पछि मात्र यूएई प्रवेश पाउने एनसीईएमए जनाएको हो।साथै कोभिड खोपको मात्रा पुरा गरेको प्रमाणपत्र वा कार्ड साथमा हुनु पर्ने बताईएको छ ।
यूएई जान चाहने श्रमिकले दोस्रो खोप लगाएको १४ दिन पछि मात्र यूएई प्रवेश पाउने एनसीईएमए जनाएको हो।साथै कोभिड खोपको मात्रा पुरा गरेको प्रमाणपत्र वा कार्ड साथमा हुनु पर्ने बताईएको छ ।