दोलखामा आज थप ३८ जनामा कोरोना पुष्टि
काठमाडौँ, १९, साउन । दोलखामा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ४२ जनाको स्वाब परिक्षण गरिएकामा २८ जना र जिल्लाको ९ वटै स्थानीय तहमा २३ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा १० जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका ९ पुरुष र १४ महिला, जिरी नगरपालिकाका ४ पुरुष, गौरीशंकर गाउँपालिकाका एक पुरुष, तामाकोशी गाउँपालिकाका ३ पुरुष र ३ महिला, शैलुङ गाउँपालिकाका एक पुरुष र बैतेश्वर गाउँपालिकाका ३ पुरुष रहेका छन् ।
यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या ३ सय ८१ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यस्तै आज ८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । जसमा जिरी नगरपालिकाबाट १ पुरुष, कालिञ्चोक गाउँपालिकाबाट ४ पुरुष र गौरीशंकर गाउँपाकिलकाबाट ३ पुरुष निको भएका हुन् । यो संगै जिल्लामा हालसम्म २ हजार ३ सय २० जना संक्रमित निको भएका छन् ।
संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ७ जना छन् भने जिरी अस्पतालमा २ जना र सिंगटी अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएका ३ सय ७० जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।