दोलखामा आज थप ३८ जनामा कोरोना पुष्टि, १८ संक्रमण मुक्त
काठमाडौँ, १८, साउन । दोलखामा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ४४ जनाको स्वाब परिक्षण गरिएकामा २९ जना र स्थानीय तहमा १६ जनाको एन्टिजिन परिक्षण गरिएकामा ९ जना गरि जिल्लामा आज ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका १० पुरुष र ११ महिला, जिरी नगरपालिकाका ४ पुरुष र एक महिला, कालिञ्चोक गाउँपालिकाका ६ पुरुष र एक महिला, विगु गाउँपालिकाका एक पुरुष, शैलुङ गाउँपालिकाका एक पुरुष र बैतेश्वर गाउँपालिकाका ३ पुरुष रहेका छन् ।
यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या ३ सय ५१ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यस्तै आज १८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट १२ पुरुष र २ महिला, जिरी नगरपालिकाबाट २ महिला, विगु गाउँपाकिलकाबाट एक पुरुष र बैतेश्वर गाउँपालिकाबाट एक जना पुरुष निको भएको हुन् । यो संगै जिल्लामा हालसम्म २ हजार ३ सय १२ जनाले कोरोनालाई जितेका छन् ।
संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ७ जना छन् भने जिरी अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएका ३ सय ४२ जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।