भारतमा निरन्तर छैटौँ दिन ४० हजारभन्दा धेरै कोरोना संक्रमित
काठमाडौँ, १८, साउन। भारतमा निरन्तर छैटौँ दिन ४० हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो चौबिस घण्टामा भारतमा ४० हजार ६२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
योसँगै हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ८ हजार ३४३ पुगेको छ। निरन्तर उकालो लागिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै भारतमा आगामी अगस्टबाट तेस्रो लहर आउन सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।