image
image

ओखलढुंगामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु    

काठमाडौँ, १७, साउन । कोरोना भाइरस संक्रमणबाट ओखलढुंगामा थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका-१२ का ६९ वर्षीय र वडा नम्बर ११ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।     

वडा नम्बार ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए। कोरोना संक्रमण देखिएपछि यही साउन ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो।    

यस्तै, वडा नम्बर १२ का एक पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही साउन १४ गते कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

ओखलढुंगामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ पुगेको छ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।