नेपाली बजारमा आज सुनको मूल्य स्थिर, तोलाको कति ?
काठमाडौँ माघ २८ । हिजो मंलबार ह्वातै बढेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको थियो ।आज छापावाला सुन तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै हिजो तेजाबी सुन पनि तोलामा १४ सय ५० रुपैयाले बढेको थियो । मंगलबार तेजाबी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज पनि त्यहिँ मूल्यमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।