उपत्यकामा पनि घटेन संक्रमण दर
काठमाडौँ १५ साउन । उपत्यकामा थप आठ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ५५६, ललितपुरका १८७ र भक्तपुरका ७६ जना छन्। त्यस्तै, अहिले उपत्यकामा ८ हजार ५०१ जना सक्रिय संक्रमित छन्।काठमाडौंमा ५९०३, ललितपुरमा १४७८ र भक्तपुरमा ११२० जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालभर १४ हजार ६६१ जनाको नमूना परीक्षण गर्दा ३६११ जना संख्याका संक्रमित थपिएका हुन्।