उपत्यकामा अझै आठ हजार ४४१ जना सक्रिय संक्रमित, यति धेरै भेटिए आज
काठमाडौँ १४ साउन । काठमाडौँ उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौँका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना रहेका छन् ।
काठमाडौँ उपत्यकामा अहिले आठ हजार ४४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।काठमाडौँमा मात्रै ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना सक्रिय संक्रमित छन्।