image

नेक्सन ईभीको बिक्री सुरु, ठाउँ–ठाउँमा चार्जिङ स्टेशन

काठमाडौँ १२ साउन  । नेपालमा टाटा नेक्सन ईभीको बिक्री सुरु भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले नेक्सनको विद्युतीय गाडी अर्थात् ईभीको बिक्री सुरु भएको जानकारी दिएको छ । 

आज मङ्गलवार एक भर्चुअल कार्यक्रम गर्दै सिप्रदीले नेपालमा नेक्सन ईभीको बिक्री खुला भएको र ग्राहकले रोजाइअनुसार गाडी किन्न सक्ने जनाएको छ । नेक्सन ईभीका एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी तीन वटा मोडल नेपालमा ल्याइएको सिप्रदीले जनाएको छ । एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ राखिएको छ । 

सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले नेक्सनको ईभी बिक्री सुरु भएसँगै सिप्रदीले नेपालमा अर्को नयाँ पाइला चालेको बताउनुभयो । उहाँले हरेक एक सय ५० किलोमिटरको दुरीमा फास्ट चार्जर राख्ने र एक सयभन्दा धेरै ठाउँमा प्लस एसी चार्जर राखेको बताउनुभयो । 

नेपालमा मुख्य सडकमा नेक्सन ईभीका लागि चार्जिङ स्टेशनको समस्या नहुने श्रेष्ठले बताउनुभयो । एक पटक चार्ज गरेपछि गाडी तीन सय १२ किलोमिटरसम्म गुड्नेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।