उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना संक्रमण
काठमाडौँ १२ साउन ।काठमाडौँ उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौँ उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौँका ४७५ जना, ललितपुरका १६७ जना र भक्तपुरका १३२ जना छन्।काठमाडौँ उपत्यकामा अहिले आठ हजार ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौँमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना सक्रिय संक्रमित छन्।