image

फोहोरमैला व्यवस्थापन परियोजनाले १५ सयलाई रोजगारी दिने

फोहोरमैला व्यवस्थापन परियोजनाले १५ सयलाई रोजगारी दिने

काठमाडौँ १२ साउन । परियोजनाले फोहोरमैला व्यवस्थापनका साथै एक हजार पाँच सय जनाका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ । जसका लागि जोखिममा रहेका समूह, विशेष गरी महिलाहरुलाई प्राथमिकता दिइने परियोजनाले जनाएको छ ।

यूएनडीपीको प्राविधिक सहयोग तथा आर्थिक साझेदारीमा गण्डकी प्रदेशको वालिङ्ग नगरपालिका, कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका, सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकामा यो परियोजना कार्यान्वयनमा अएको छ भने प्रदेश २ को जनकपुरधाम उप–महानगरपालिका र लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकामा पनि सञ्चालन हुनेछ ।

परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु हुनुपर्छ भन्ने अवधारणालाई प्रबद्र्धन गर्ने बताइएको छ । यसका लागि घर, उद्योग, व्यवसाय तथा संघसंस्थामा फोहोरको वर्गिकरण गर्ने प्रणालीको विकास गर्ने उद्देश्यले फोहोरमैला व्यवस्थापनमा अपनाइने प्रक्रियाहरु जस्तैः संकलन, वर्गिकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गर्नेछ ।
बायोग्याँस तथा प्राङ्गारिक मल उत्पादन गर्ने तथा व्यावसायिक जैविक खेतीलाई प्रवद्र्धन गरी आम्दानीको श्रोतलाई बढावा दिइनेछ ।

त्यस्तै कार्यक्रमको पहिलो वर्षमा अनौपचारिका रुपमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब २०० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गिकरण, पुनःप्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ । जसमध्ये ५० प्रतिशत महिला हुनेछन् । साथसाथै ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै एक हजार तीन सय जनाले प्राङ्गारिक मल र बायोग्याँस उत्पादन तथा व्यावसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् भने नगरपालिकाभित्र रहेको पाँच हजार घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिने बताइएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।