image
image

ह्वात्तै बढे कोरोना संक्रमित, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ ११ साउन ।नेपामा  पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो । 

अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो । 


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन्  भने २५ जनाले ज्यान गुमाएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट  ५५ हजार ९७१ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।