image
image

भारतमा एकैदिन कोरोना मुक्त हुने भन्दा संक्रमितको संख्या धेरै

काठमाडौँ, ११, साउन । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १४ लाख ९ हजार ६३९ पुगेको छ । 

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ४११ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४लाख २० हजार ९९६  पुगेको छ । 

भारतमा एकैदिन ३५ हजार ९ सय ९  कोरोना मुक्त भएका छन्  । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड ५ लाख ७१ हजार ३९९ पुगेको छ । 

भारतमा हाल ४ लाख १७ हजार २४४ संक्रिय संक्रमित रहेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।