नेपालमा फेरि बढ्न थाले संक्रमित, ३११४ जनामा संक्रमण पुष्टि
काठमाडौं, ९, साउन । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३३ हजार २६० पुगेको छ ।