उपत्यकामा थपिए ६१३ संक्रमित
काठमाडौँ ८ साउन । काठमाडौँ उपत्यकामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१३ जनामा संक्रमण भएको हो।
जसमध्ये काठमाडौंका ४१०, भक्तपुरका ६९ जना र ललितपुरका १३४ जना छन्।
योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ८४५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५७८२, भक्तपुरमा ९४७ जना र ललितपुरमा १११६ जना सक्रिय संक्रमित छन्।









