'महानायिका' घोषित भईन करिश्मा मानन्धर
काठमाडौँ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री करिश्मा मानन्धर महानयिका घोषित भएकी छिन। शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनलाई महानायिका घोषित गरिएको हो।
कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वरिष्ठ चिकित्सक भोला रिजाल,चलचित्र निर्देशक तथा निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।
१४ बर्षको उमेरमा चलचित्र सन्तानबाट नेपाली रजतपटमा डेब्यु गरेकी करिश्मा नेपाली सिने उद्योगकी सदाबहार र सुन्दरी अभिनेत्री हुन्। महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् ।
महानायिका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई महानायिका घोषित भएकोमा करिश्माले खुसी व्यक्त गरेकी छन् । साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन्।