दोलखामा साउन ८ देखि १३ गतेसम्म जोन्सन एण्ड जोन्सन खोपको पहिलो मात्रा लगाउने
काठमाडौँ, ७, साउन । दोलखामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा लगाउने भएको छ । जिल्लामा साउन महिनाको ८ गतेदेखि १३ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा जोन्सन एण्ड जोन्सन खोपको पहिलो मात्रा लगाउने भएको हो ।
जिल्ला खोप समन्वय एवंम अनुगम समितिको निर्णय अनुसार जिल्लाका सात वटा पालिकामा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन ८ र ९ गते मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिकामा खोप सेवा सञ्चालन हुने छ भने कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका र बैतेश्वर गाउँपालकामा साउन ११ गतेदेखि १३ गते सम्म खोप सेवा सञ्चालन हुने भएको छ ।
खोप लगाउनका लागि ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका कोभिड १९ विरुद्धका खोप पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकहरुले नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस साथमा लिएर जानुपर्ने छ भने पुर्ण र अति अशक्त अपांगता भएका क, ख वर्गका व्यक्तिहरुले अपांगता परिचयपत्र लिएर जनुपर्ने छ ।
स्वस्थ्य संस्थामा कार्यरत छुटफुट स्वस्थ्यकर्मी र सरसफाईकर्मीहरुले नाम विवरण सहितको पत्र तथा परिचयपत्र साथमा लानुपर्ने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।