टाटा मोटर्सको नेक्सनको विद्युतीय गाडी सार्वजनिक हुँदै
काठमाडौँ ६ साउन । टाटाको नयाँ नेक्सन विद्युतीय एसयुभी सार्वजनिक हुँदैछ। मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कम्पनीले प्रि–बुकिङ गरेका नेक्सन इभी (विद्युतीय गाडी) साउन १२ गते सार्वजनिक गर्ने भएको हो।
निकै आकर्षक मानिएको उक्त गाडीको ब्याट्री आयु लामो हुनाले गाडी लामो दुरीको यात्राका लागि पनि सहज हुने कम्पनीले दाबी गरेको छ। विद्युतीय नेक्सन जिपट्रोन प्रविधिमा आधारित छ। यो तीन भेरियन्टमा उपलब्ध हुनेछः नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स।
टाटा मोटर्सले नेपालमा विद्युतीय गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘इको सिस्टमु (विद्युतीय प्रविधि) विकास गर्ने लक्ष्य राखेको छ। यसको लागि कम्पनीले उत्कृष्ट विद्युतीय गाडी भित्र्याएसँगै आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्ग सुविधालगायत सुविधा प्रदान गर्ने बताएको छ।
नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा एक लाख ६० हजार किलोमिटर र गाडीमा एक लाख २५ हजार किलोमिटरको वारेन्टी हुनेछ। कम्पनीले गाडी मूल्य भने हालसम्म खुलाएको छैन। तर नेपाली बजारमा यसले लोकप्रियता कमाउनेमा कम्पनी र वितरण आशावादी छन्।