image
image

बढ्यो अल्लोको विक्री

काठमाडौँ - क्राफ्ट प्यालेसकी प्रोपाइटर अल्लो उद्यमी मल्लिका श्रेष्ठ दैनिक २ सय थान अल्लोका सामग्री बिक्री गर्छिन् । कुपण्डोलस्थित प्यालेसबाट उनले दैनिक ३ हजार ५ सय रुपैयाँसम्मको सामान बिक्री गर्ने गरेकी छन् । यो समक्क्ष्हर् आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

२०६१ सालमा १० लाख रुपैयाँबाट सुरु भएको यो उद्योग अहिले २५ लाख पुँजीको बनेको छ । जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले अल्लोबाट निर्मित कपडा ग्राहकहरूले मन पराउने गरेका छन् । सबै वर्गका उपभोक्ताले अल्लोका सामान मन पराएको बताउँछिन् श्रेष्ठ । अल्लोका सामानहरू विदेशमा समेत निर्यात हुने गरेको छ । भारत, फ्रान्स, जापान, अमेरिका र अस्ट्रेलिया आदि देशहरूमा यी सामान निर्यात हुँदै आएका छन् । ‘विदेशमा माग भएअनुसार गुणस्तरीय सामान हामीले बहिर पठाएका छौं,’ श्रेष्ठले भनिन् । अल्लोबाट टोपी, जुत्ता, कोट ज्याकेट, ब्याग, होमडेकोरेसनलगायतका सामान तयार हुने गरेका छन् ।

संखुवासभाकी अर्की उद्यमी प्रमिला राई पनि यो क्षेत्र राम्रो भएको बताउँछिन् । ८० हजार रुपैयाँबाट व्यवसाय सुरु गरेकी उनको निम रिडक बायोह्यान्डिक्राफ्ट अहिले १५ लाख पुँजीको बनेको छ । यसले आफूलाई एक सफल अल्लो व्यवसायीका रूपमा स्थापित गरेको उनको बुझाइ छ । हिमालय नेचुरल फाइबर फाउन्डेसनले मेसिन किन्न र बिरुवा रोप्नका लागि २ लाख ५० हजार दिएको उनले बताइन् । यसैगरी डीएफ द इस्ट फाउन्डेसनले अल्लोको कपडा बुन्ने तालिमको व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।