निको हुने भन्दा दोब्बर संक्रमित भेटीए, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ६ साउन । पछिल्लो केहि दिन यता नेपालमा निको हुने भन्दा दोब्बर संक्रमित फेला पर्न थालेका छन् । बधबार पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१ गर्दा ९२० मा संक्रमण देखिएको छ।
कुल १२ हजार ६१६ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ३० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो समय संक्रमण बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ।