image

काठमाडौँमा आजदेखि १८ वर्ष माथिकालाई जोनसन एण्ड जोनसनको खोप दिइँदै

काठमाडौँमा आजदेखि १८ वर्ष माथिकालाई जोनसन एण्ड जोनसनको खोप दिइँदै

काठमाडौँ  ६ साउन । काठमाडौँमा आज (बुधबार) देखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई पनि कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ।

काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानिसलाई खोप दिन थालिएको जानकारी दिए।

सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको हो।प्रमुख पराजुलीले अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्ने बताए।

अहिले देशभर धमाधम खोप अभियान चलिरहेको छ। आजै राति मात्र नेपाल एयरलाइन्सको जहाज थप १० लाख डोज खोप लिन चीनको बेइजिङ जाँदैछ।खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने तालिका छ। लगत्तै भोलि साँझ अर्को १० लाख डोज खोप लिन जहाज बेइजिङ नै जाँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।