image
खोप लिन बेइजिङ जाँदै वाइडबडी 

खोप लिन बेइजिङ जाँदै वाइडबडी 

काठमाडौं, ५, साउन । कोरोना भाइरसविरुद्ध सिनोफार्मको भेरोसेल खोप ल्याउन आज राति नेपाल वायु सेवा निगमको जहाज बेइजिङतर्फ जाँदैछ । यो खेपमा कम्तिमा पनि १० लाख डोज खोप ल्याउने बताइउको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ ।

सो जहाज भोलि राति पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन–डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।