image

कुवेतले नेपाललाई पठायो स्वास्थ्य सामाग्री तथा उपकरण

कुवेतले नेपाललाई पठायो स्वास्थ्य सामाग्री तथा उपकरण

काठमाडौं, ५, साउन । कुवेतस्थित नेपाली दूतावासको समन्वयमा Kuwait Red Crescent Society (केआरसीएस)ले कोरोनाविरुद्ध लड्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले अनुदान स्वरुप स्वास्थ्य सामाग्री तथा उपकरण पठाएको छ ।

दूतावासका अनुसार कोरोनाविरुद्धका तीन स्वास्थ्य सामाग्री तथा उपकरणहरु कुवेत–काठमाडौं सेक्टरमा संचालित जजिरा एयरवेजको उडानमार्फत आज९मंगलबार० काठमाडौं आइपुग्ने भएको छ ।

नेपाललाई उपलब्ध गराएको सामाग्री तथा उपकरणहरुमा पोर्टेबल ओक्सिजन कन्सर्नटे«टर्स, पेशेन्ट मोनिटर, मेडिकल भेन्टिलेटर, टेबलसहितको हस्पिटल बेड, पल्स ओक्सिमिटर, भाइटल साइन्स मोनिटर, पिपिईलगायत रहेका छन् ।

ती सामाग्री आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गर्ने कार्य रहेको जनाइएको छ । नेपाललाई कोभिडविरुद्ध स्वास्थ्य सामाग्री तथा उपकरण उपलब्ध गराएकोमा दूतावासले कुवेतको रेड सोसाइटीप्रति आभार व्यक्त गरेको छ । साथै, कुवेतबाट काठमाडौंसम्म सामाग्री पुर्याउन सहयोग गरेको जजिरा एयरवेज व्यवस्थापक एवं संचालकप्रति पनि दूतावासले धन्यवाद व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।