image
image

कतारमा १६ लाखभन्दा बढीले लगाए कोरोनाबिरुद्धको दुबै डोज खोप

काठमाडौँ, ५, साउन । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यमध्यको एक कतारमा १६ लाख ७ हजार ५१ जनाले कोरोनाविरुद्धको दुबै खोप लगाएका छन् । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १९ लाख १५ हजार ९५० जनाले खोपको पहिलो डोज पनि लगाइसकेको जनाएको छ ।

बढी उमेर समूहलाई प्रथामिकतामा राखेर सुरुवात गरिएको खोप अभियानमा ६० वर्षभन्दा माथिका ९३।५ प्रतिशतले व्यक्तिले पूरा खोपको मात्र लगाइसकेको मन्त्रालयले जनाएको छ । खोप शुरू भएयता ३५ लाख ५९ हजार ३१२ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतार पछिल्लो समय कोरोना संक्रमण पनि घट्दै गइरहेको छ ।

कतारमा पछिल्लो २४ घण्टामा १२४ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २४ हजार ४०२ पुगेको मन्त्रालयले जनाएको छ । यसअवधिमा १५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख २२ हजार २५७ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५९९ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ५ सय ४६ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ७२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ३३ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाइसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप लिन समेत मन्त्रालयले आग्रह गरेको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई निःशुल्क रुपमा खोप दिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।