कोरोना पछि झन्डै पाँच लाख नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?
काठमाडौँ ४ साउन । कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म झन्डै पाँच लाख नेपाली स्वदेश फर्किएका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।
यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् । सो मुलुकबाट यसबीचमा १ लाख ४५ हजार ८ सय ५२ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १५ हजार ४ सय १२ जना नेपाल फर्केका छन् ।
यस्तै मलेसियाबाट हालसम्ममा ५१ हजार ६९ जना तथा साउदी अरबबाट ४४ हजार ६ सय ७२ जना नेपाली स्वादेश फर्किएका छन् । कोभिड १९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार ८ सय ९६ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १६ हजार ५ सय ३ जना तथा जापानबाट १३ हजार ९ सय २६ जना नेपाल आइपुगेका छन् ।
त्यस्तै भारतबाट ३९ हजार ३ सय १० जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ६ हजार १ सय ७८ जना नेपाली स्वदेश आइपुगेका छन् ।