image
image

मेरो सेयरको प्रणालीमा समस्या

काठमाडौँ  ४ साउन  । सीडीएससी को मेरो सेयर प्रणालीमा समस्या देखिएको छ । आइतबार रातिबाट प्रयोगमा ल्याइएको पुँजीगत लाभकरको गणना गर्ने नयाँ फिचर अपलोडका क्रममा साइट डाउन हुने समस्या देखिएको सिडिएससीले जनाएको छ ।

मेरो सेयर खुल्ने र बन्द हुने तथा सेयर ट्रान्सफर ढिलाइ हुने गुनासो आएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले बताए ।मेरो सेयरको प्राविधिक समस्या कै कारण लगानीकर्ताहरु जरिवाना तिर्नु पर्ने गरी ‘क्लोज आउट’मा नपर्ने पनि न्यौपानले दावी गरे ।

प्रणाली दुरुस्त चलाउन काम भइरहको भन्दै उनले समस्या समाधान नभए जरिवाना नलाग्ने गरी सेयर ट्रान्सफर (ईडीआईएस) का लागि समय थप गरिने सूचना अधिकारी न्यौपाने बताए ।लगानीकर्ताले सेयर बिक्री गरेको एक कार्यदिन भित्रमा सेयर ट्रान्सफर नभए २० प्रतिशत जरिवाना लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।