image

खोप केन्द्रको अनुगमनमा पुगेका प्रधामन्त्री देउवाले भने-सरकारको प्राथमिकता सबैलाई खोप

खोप केन्द्रको अनुगमनमा पुगेका प्रधामन्त्री देउवाले भने-सरकारको प्राथमिकता सबैलाई खोप

काठमाडौँ, ४, साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप भएको बताएका छन्। सोमबार नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेपछि देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाको खोप भएको बताएका हुन्। देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको उल्लेख गरे। 

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर देउवाले आजबाट जोनसन एण्ड जोनसनको खोप शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण तथा अनुगमन गर्नेछन्। 

आजदेखि काठमाडौंमा एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु भएको छ। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट जोन्सनको खोप लगाइँदै छ।

जोन्सनको १५ लाख ३४ हजार ४५० डोज  कोभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।