देशभर कोरोना संक्रमणका कारण आज थप २१ जनाको मृत्यु
काठमाडौं, २, साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर कोरोना भाइरस संक्रमण महामारीका कारण २१ जना मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख १४ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।









