दोलखामा साउन २ देखि ५ गतेसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाउने
काठमाडौँ, १, साउन । दोलखामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउने भएको छ । जिल्लामा साउन महिनाको २ गतेदेखि ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने भएको हो ।
जिल्ला खोप समन्वय एवंम अनुगम समितिको निर्णयअनुसार जिल्लाका दुई नगरपालिका सहित सात वटा गाउँपालिका गरि ९ वटै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन २ गतेदेखि ४ गतेसम्म मेलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिका, भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा र साउन ३ गतेदेखि ५ गते सम्म तामाकोशी गाउँपालिका र बैतेश्वर गाउँपालिकामा खोप लगाउने भएको हो ।
५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप पहिलो मात्रा लगाउन छुटेका, बाँकी सबै नागरिक, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातयातमा कार्यरत चालक र सहचालकहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकि व्यक्तिहरुलाई सम्बन्धित ठाउँमा तोकिएको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ ।