“रोलिङ्ग क्याट ” ले गर्यो वर्तमान अवस्थामा अनलाइन शिक्षाको औचित्य, विश्वसनियता र प्रभावकारिता विषयक अन्तरक्रिया
काठमाडौँ ३१ असार। रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग क्याट ” ले जूम एप्स मार्फत ‘ वर्तमान अवस्थामा अनलाइन शिक्षाको औचित्य, विश्वसनियता र प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। बुधबार झन्डै डेढ घण्टा भएको उक्त वेबिनारमा कोरोना भाईरसका कारण शैक्षिक क्षेत्रमा परेको असर र त्यसको समाधानको विषयमा पनि छलफल भएको छ।
क्याटको उक्त कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका दिपक शर्मा, राष्ट्रिय योजना आयोगका डा राम कुमार फुयाल र प्रेसिडेन्टल स्कुलका ल्याब म्यानेजर पारस डोटेलले आफ्नो भनाई राख्नु भएको थियो। श्रब्य दृश्य मार्फत अनलाइन शिक्षाको विषयमा केहि अभिभावाक र शिक्षक शिक्षिकाको धारणा बाट सुरु भएको उक्त कार्यक्रममा प्रेसिडेन्टल स्कुलका ल्याब म्यानेजर पारस डोटेलले सबै ठाँउमा इन्टरनेट एवम् अन्य प्राविधिक वस्तुको पहुच नपुगेकाले अनलाइन शिक्षा केहि हद सम्म प्रभावकारी हुन नसकेको भएपनि अहिलेको स्थितिमा यसले शिक्षा क्षेत्रमा केहि राहत पुगेको बताउनु भयो।
त्यस्तै आयोगका डा राम कुमार फुयालले कोरोना जस्ता महा प्रोकोपले शिक्षा र स्वास्थ्य क्षेत्रम डिजिटलाईजेसन देशव्यापी रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिनु भयो। उहाँले यो अवस्थामा ब्रोड बैंक सिस्टम, डीजिटल नेपालको अवधरणा र अन्य एपहरुको विकास आवश्यक रहेको बताउदै अनलाइन शिक्षाको ठूलो भूमिका रहेको बताउनुभयो। साथै राज्यको असल, सक्ष्यम, उद्यमशील र संस्कारी जनशक्ति निर्माणका लागि शिक्षा अपरिहार्य रहेको बताउनु भयो। त्यसैगरी डा फुयालले बुझाउने बुझ्ने र बुझाई बीच सन्तुलन गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका दिपक शर्माले विषम परिस्थितिमा फेस टु फेस पढाई संचालन गर्न नसकिने हुँदा सिकाईमा क्षेति नहुने हिसावले राष्ट्रय शिक्षा नीति विज्ञान प्रविधिका आधारमा अगाडी बढाउनुपर्ने बताउनु भयो। त्यस्तै अनलाइन शिक्षाका लागि डिजीटल कन्टेन्ट, प्रोयोगकर्ता मैत्री सफ्टवेर नहुँदा केहि समस्या झेल्नु परेको उहाँको भनाई छ।