image

वैदेशिक रोजगारमा जानेलाई खोपको व्यवस्था गर्न सिसिएमसीलाई पत्राचार

वैदेशिक रोजगारमा जानेलाई खोपको व्यवस्था गर्न सिसिएमसीलाई पत्राचार

काठमाडौँ, ३१, असार । वैदेशिक रोजगारमा जानेलाई कोरोना भाइरस संक्रमण महामारी विरुद्धको जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो। 

प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ। खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिकहरु रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको विभागले जनाएको छ। 

यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोरोना भाइरस संक्रमण महामारी विरुद्ध लडेन सक्ने भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको थियो। पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तिमा चार हप्ताको अन्तर हुनुपर्ने भेरोसेल वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नहुने भन्दै टिकाटिप्पणी उठेको थियो। 

नेपाली श्रमिकहरुका अधिकांश गन्तव्य मुलुकहरुले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन सरोकारवालाहरुले समेत आग्रह गर्दै आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।