केराखेतीमा रमाउँदै युवा
कैलाली - कैलालीको टीकापुर नगरपालिका–२ का खेम विक रोजगारीका लागि पहिले भारतमा मजदूरी गर्थे । भारतमा पनि उनको कमाइ राम्रै थियो । गाउँघरमा आफूसँगका सहकर्मी व्यवसायमा जोडिँदै गएपछि उनी व्यवसाय गर्न स्वदेश फर्किए । उनले १० कठ्ठा जग्गाबाट व्यावसायिक केराखेती सुरु गरे । ‘मसँगका साथी केरा व्यवसायमा नै जोडिएका कारण मैले पनि केरा व्यवसायलाई नै रोजेको हुँँ,’ उनले भने, ‘१० कठ्ठाबाट सुरु गरेको केराखेती अहिले १४ बिघा गर्दै आएको छु ।’ लगानीको करीब ५० प्रतिशत आम्दानी हुने भएपछि उनले व्यवसाय थप्दै गएको बताए । ‘एक बिगाहमा १० लाखसम्मको आम्दानी गरेको छु । त्यो धेरै हो । बढीमा सातदेखि आठ लाखसम्म आम्दानी हुन्छ,’ विकले भने, ‘आम्दानी भएकोमध्ये आधा नाफा हो ।’ एकचोटी रोपेको केराले तीन पटकसम्म उत्पादन दिने गरेका कारण पनि युवा केराखेतीप्रति आकर्षित भएका छन् ।
टीकापुर– ९ का हरिहरप्रसाद उपाध्यायले पाँच कठ्ठाबाट सुरु गरेको केराखेती ६ वर्षमा नौ बिघा क्षेत्रफलमा बिस्तार गरेका छन् । स्नातक तहसम्मको अध्ययन गरेका उनको सबै परिवार केराखेतीमै छ । ‘पढाइले मात्र केही नहुने भएपछि पढाइसँगै व्यवसाय सुरु गरेको थिएँ । अहिले त्यसैलाई निरन्तरता दिँदै आएको छु,’ उनले भने, ‘एक बिघा केराखेतीबाट कम्तीमा पनि चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । त्यतिमा म सन्तुष्ट नै छु ।’ जानकी गाउँपालिका–६ का प्रह्लाद बटाला सन् २०११ मा वैदेशिक रोजगारीका लागि कतार गए । वैदेशिक रोजगारीमा राम्रो कमाई नभएपछि प्रह्लाद स्वदेश फर्किएर व्यावसायिक बंगुरपालनमा लागे । विदेशमा रहँदा कमाएको पैसाले उनले बंगेर का लागि फार्म तयार पार्नुका साथै ८० वटा बंगुरका बच्चाबाट व्यवसाय सुरु गरेको तीन वर्षमा उनले फार्ममा अहिलेसम्म ३५ लाख रुपैयाँ खर्च गरिसकेका छन् ।
‘सुरुमा विदेशबाट फर्किएपछि के गर्ने भन्ने निकै अन्योलमा थिएँ । परिवारकै सल्लाहमा बंगुरपालन सुरु गर्ने निधो गरेको हुँ,’ उनले भने्, ‘अहिले राम्रो छ । दानाको समस्या भने निकै छ । तर, उत्पादन भएको वस्तुको बजारीकरणमा कुनै समस्या छैन ।’ उनले बंगुरका लागि दानाको वैकल्पिक रूपमा अजौलाखेती सुरु गरेका छन् । त्यसले बंगुरलाई चाहिने आवश्यक प्रोटिन दिने भन्दै त्यसपछि दानाको आवश्यक नहुने बताए । उनको चार जनाको परिवार नै त्यही व्यवसायमा छ । अहिले मासिक एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बटालाले बताए । उनले बंगुरपालनसँगै बाख्रापालनलाई पनि सँगै अगाडि बढाएका छन् ।
टीकापुर –४ का वसन्तकुमार जिसी ०६३ सालदेखि बैंकको चौकीदारी गर्दै आएका थिए । उनले गर्दै आएको कामबाट सन्तुष्ट नभएपछि व्यावसायिक बाख्रापालन सुरु गरे । दुई वर्ष अगाडि पाँच बाख्राबाट व्यावसायिक बाख्रापालन सुरु गरेका उनको फार्ममा साना ठूला गरेर ७० बाख्रा छन् । उनले व्यवसाय सुरु गरेको धेरै समय नभएको बताउँदै आम्दानीको स्रोत खुलिनसकेको बताए । ‘जागिर बाध्यता हो भने व्यवसाय रहर,’ उनले भने, ‘परिवारसँगै बसेर काम गर्न सकिने, जागिरभन्दा आम्दानी पनि राम्रो हुने भएपछि व्यवसायमा जोडिन पुगेको हुँ ।’ उनले व्यवसायले आम्दानी दिन थालेपछि जागिर छोड्ने बताउँदै बैंकको किस्ता तिर्नका लागि भए पनि जागिर बाध्यता भएको बताएका छन् ।
टीकापुर–९ का राजुप्रसाद चौधरी २०६७ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनकोे ६ जनाको परिवार तरकारी खेतीमै संलग्न छ । ‘पहिले हामीले परम्परागत खेती ग¥र्याै । त्यसबेला मुस्किलले परिवार पाल्न पुग्थ्यो,’ उनले भने, ‘व्यावसायिक खेतीमा लागेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । तरकारीबाट राम्रो आम्दानी भइरहेको छ । अहिले व्यवसायमा लागेका परिवारका सबै सदस्य पनि खुशी छन् ।’ उनले दुई बिघा क्षेत्रफलमा वर्षे तरकारी लगाएका छन् । एक मौसममा उनले सबै खर्च कटाएर दुई लाख रुपैयाँसम्मको आम्दानी गर्ने गरेका बताए । कोरोनाका कारण भएको निषेधाज्ञाले भने उत्पादन भएको तरकारीलाई बजारीकरण गर्न भने समस्या हुने गरेको उनले बताए ।