सुजुकीको स्विफ्ट र सिएनजी मोडलको मूल्य वृद्धि
काठमाडौँ २९ आसार । भारतीय बजारको लागि मारुती सुजुकीका गाडीहरूको मूल्य बढेको छ। कम्पनीले स्विफ्ट र सिएनजी मोडलको सोमबारदेखि लागु हुनेगरी भारु १५ हजारसम्मले वृद्धि गर्न लागेको हो ।
कम्पनीले पेट्रोल र डिजेलको मूल्य वृद्धि हुनु र उत्पादन लागत बढ्दै गएकाले उक्त गाडिहेरुको मूल्य वृद्धि गरेको बताएको छ । त्यस्तै सुजुकीले स्विफ्ट र सिएनजीसँगै अन्य मोडलको समेत मूल्य वृद्धि गर्ने योजना बनाएका हुन् । मारुती सुजुकी भारतको सबैभन्दा बढी गाडी निर्माण गर्ने कम्पनी हो। नेपालमा समेत सुजुकीको चार पाङ्ग्रे लोकप्रिय छ। त्यसैले नेपालमा पनि मूल्य बढ्ने अड्कल गरिएको छ ।